काठमाडौं । दोहोरो नागरिकता लिने कतिपय ब्यापारीहरुले कमसल धितो राखेर बैंक डुबाउने नियतका साथ अर्बौ रुपैयाँ अपचलन गरेका समाचार बारम्बार आउने गरेका छन् । तर, सरकार मुकदर्शक छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बिभिन्न वाणिज्य बैकको ठूलो परिमाणको रकम अपचलन भएको छ । यसैका कारण बैंकको खराव कर्जा बढेको छ । कतै मारवाडी ब्यापारीहरुलाई सुरक्षा निकायकै मिलेमतोमा भगाइएको छ । त्यसो त मारवाडी ब्यापारी मोहनगोपाल खेतानले विदेशी मुद्रा अपचलन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कारबाही गर्न आदेश दिएका थिए ।
पछिल्लो समयमा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल, श्रवणकुमार गोयल, देवांशी गोयललगायतका मारवाडीहरुलाई सुरक्षा निकायकै मिलेमतोमा भगाइएको भन्ने आरोप लागेको छ । मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका गोयलले ललिता निवास जग्गा काण्डमा २६ रोपनी जग्गा हत्याएका थिए । उनको नेपाल र भारत दुबै देशको नागरिकता रहेको बुझिन आएको छ । उनी चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका ट्रेडमार्क चोरी गरी दर्ता गर्नेमा अग्रपंक्तिमा पर्दछन् । जापानी पेन्ट कान्साई नेरोलिकको ट्रेडमार्क चोरी गरी दर्ता गरेका गोयलले अदालत सेटिङ गरी आफ्नो पक्षमा आदेश गराउँदैआएका छन् । उनको जिल्लादेखि उच्च हूँदै सर्वोच्च अदालतका न्यायाधीशको बेडसम्मै पहुँच छ ।
ललिता निवासमा क्याम्पभित्र गोयल परिवारका नाममा २६ रोपनी जग्गा छ । २९ रोपनी जग्गा किनेका मीनबहादुर गुरुङलाई पक्राउ गरी हिरासतमा राखेको सीआईबीले कैलाशचन्द्रसहित उनको परिवारका कसैलाई पनि पक्राउ गर्नु त कता हो कता पूर्जी समेत माग नगरेको स्रोतले बताएको छ । उनलाई हालसम्म पनि सीआइबीले पक्राउ गर्नसकेको छैन ।
त्यसैगरी मारवाडी समुदायकै सीपीका खेतानलाई पनि जग्गा फिर्ता गर्ने शर्तमा तारेखमा छाडिएको छ । तर, भाटभटेनीको चेन ब्यापारमा नाम कमाएका मीनबहादुर गुरुङलाई पक्राउ गरी जेलमा राखिएको छ । उनले दशौं हजारलाई रोजगारी दिएका छन् । तथापि गुरुङलाई तारेखको सुविधासमेत दिइएन । त्यसै गरी सुनकाण्डमा चर्चित तस्कर खेलाडी तथा विवादित ब्यापारी राकेश अकुडीयालाई हालसम्म पनि पक्राउ गर्न सकिएको छैन ।
बालुवाटार ललिता निवास जग्गा प्रकरणमा भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीले विभिन्न शक्तिकेन्द्र मिलाएर १ सय ४३ रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याएका थिए । यसरी सरकारी जग्गा खाने भूमाफियाहरुको सत्य तथ्य तत्कालीन गृहसचिव प्रेमकुमार राईले बनाएको शारदाप्रसाद त्रिताल समितिको छानविन टोलीले बाहिर ल्याएको थियो । ललिता निवास जग्गा प्रकरणमा न्यायाधीश कुमार रेग्मीलाई पनि माफ दिइएको छ । उनलाई लैनचौरको शक्तिकेन्द्रले बचाएको आरोप लाग्दै आएको छ ।
९ आना जग्गा भएका न्यायाधीश रेग्मीले १० आना बिक्री गरिसकेका छन् भने करिब २ आना अझै उनको नाममा छ । तर उनलाई भने सीआईबीले छानबिनको दायारामा ल्याउन सकेको छैन । रेग्मीले कानुनी सेवा दिएबापतको शुल्कका रुपमा लिएको उनले बताइसकेका छन् । तर कानुनी सेवाबापतको शुल्क जिन्सीमा लिन नपाउने आचारसंहितामा छ । ललिता निवास जग्गा प्रकरणमा हालसम्म २० जना थुनामा परेका छन् ।
पानामा पेपरमा अफसोर कन्ट्रीबाट कालोधन नेपालमा भित्र्याउने किया मोटर्सका संचालक सुहृद घिमिरेले पनि ललिता निवासको १५ रोपनी जग्गा सासु इन्दु शर्माको नाममा दर्ता गरेका छन् । त्यो जग्गा उनले पछि आफ््नै ब्यापारिक साझेदार पुरुषोत्तम पौढ्याललाई बिक्री गरेको पाइएको छ ।
त्यसैगरी, गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा, सन्दीप सारडा, मनोज केडिया जस्ता मारवाडी ब्यापारीको ललिता निवासमा जग्गा रहेको छ । ललिता निवासको जग्गा प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परेको ४० दिन बितिसक्दा पनि यी मारवाडी ब्यापारीहरुलाई भने सीआईबीले पक्राउ पूर्जी समेत नल्याई संरक्षण गरेको छ । यसले सीआईबी नेपाली मूलका ब्यापारीमाथि पूर्वाग्रही भएको भएको सन्देश गएको छ । सीआईबीले मारवाडी ब्यापारीहरुलाई आर्थिक चलखेलमा पक्राउ नगरेको र कैलाशचन्द्र गोयलसहितका ब्यापारीलाई दिल्लीदेखि दुबई भाग्न सहयोग गरेको आशंकालाई बल पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend