Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपभोक्ता समितिको नगद लुटेको आरोपमा वडाध्यक्ष विष्ट चेल चलान


    आइतबार, साउन २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आज न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

    विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन्। अदालतले आरोपित पाँच जनामध्ये सन्तोष थापा र यामराज शाहीलाई भने दुईदुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार