Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ दूतावासको दावी: भवन हाम्रो आफ्नै क्षेत्रमा बनेका छन्


    बुधबार, असोज ७ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभागमा चीनले भवन निर्माण गरेको दावीको चिनियाँ दूतावासले खण्डन गरेको छ।  

    दूतावासका प्रवक्ता वाङ सियाओ लङले मंगलबार राति चिनियाँ धारणा सार्वजनिक गर्दै हाल भवन निर्माण भएका भूभाग चीनकै रहेको दावी गरेका छन्। दूतावासले नेपालले यसलाई पुन: प्रमाणित गराउन सक्ने पनि जनाएको छ।

    नेपाल र चीनबीचमा कुनै सीमा विवाद नरहेको बताउँदै दूतावासले नेपाल र चीन मित्रवत छिमेकी रहेको र चीनले दूतावासले नेपालको सार्वभौमिकता र भौगोलीक अखण्डतालाई सधैं सम्मान गर्ने जनाएको छ।  

    केही दिन यता चीनले नेपाली भूभागमा भवन निर्माण गरेको समाचारहरु आइरहेको सन्दर्भमा चिनियाँ दूतावासको यस्तो धारणा आएको हो।

    चीनले नेपाली भूभागमा भवन निर्माण गरेको विषयमा अध्ययनका लागि हालै मात्र हुम्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरु त्यस क्षेत्रमा पुगेका थिए। हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीहरुलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार