Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री साउद भन्छन्- परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ


    आइतबार, साउन २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको उल्लेख गरेका छन्।

    आज आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका हुन्।

    परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए।

    उनले भने, ‘परराष्ट्र नीतिको सम्बन्धमा पनि हामी स्पष्ट छौं। परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउने, राष्ट्रिय एकतालाई मजबुद गर्ने गरेर यो सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई परस्पर लाभका आधारमा पनि सम्बन्धलाई विकास गर्ने गरेर सरकारले अगाडि बढिराखेको छ। राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर, राष्ट्रिय एकतालाई आधार बनाएर र छिमेकीहरुसँगको जनस्तरको सम्बन्धलाई घनिभुत गरेर हामीले अगाडि बढ्नुपर्ने अवस्था छ। विदेश नीति पार्टी-पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरूका बीचमा सहमति हुन सकोस् । हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ।’

    मन्त्री साउदले सरकारले बायोमेट्रिक लगायतका कामहरू सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार