काठमाडौं । एक क्वीन्टल सुन तस्करीको मुख्य पात्रका रुपमा चित्रित गरिएका राकेश अडुकिया नेपालमै लुकेको आशंका गरिएको छ ।
अबैध हुन्डी कारोबारमा समेत संलग्न रहेको आरोप खेप्दै आएका अडुकिया पछिल्लो समय विदेशबाट सुन तस्करी गरेर ल्याउने र बेच्ने काम गर्नेमा सक्रिय रहेको राजस्व अनुसन्धान विभागको निष्कर्ष छ । नेपालको न्यायालयका न्यायाधीशको बेडसम्म पुग्ने र जे चाह्यो त्यही फैसला गराउनसक्ने मारवाडी ब्यापारीका रुपमा उनलाई चिनिन्छ ।
विद्युतीय सवारीमा कहलिएको टेस्ला कार ब्राण्डलाई नेपालमा ल्याएर बेच्ने गरेका राकेश अडुकिया चर्चित सेयर कारोबारी समेत हुन् । अडुकियाले आधिकारिक एजेन्सीविना नैै टेस्ला कारको बिक्री नेपालमा गराउन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतमार्फत् सेटिङ गरेका थिए ।
चाँदीको कारोबार गर्दैआएका अडुकियाले विगत केही समयदेखि नेपालको विमानस्थल भन्सार प्रहरीदेखि गृहप्रशासनसम्म सेटिङ गरी मोटरपार्टस भनेर सुन ल्याउने गरेको १ क्वीन्टल सुन बरामदपछि खुलेको छ । उनले मोटरसाइकलको ब्रेक सु भनेर यसअघि २२ औं पटक २२ क्वीन्टल सुन भित्र्याएको आशंका गरिएको छ । रेडी ट्रेडर्सको नाममा हङकङबाट ल्याएको सुन गएको साउन २ मा बरामद भएको थियो । सुन तस्करीमा राजस्व अनुसन्धानले अडुकियाको संलग्नता रहेको देखेपछि पक्राउ गर्न खोज्दा पनि लुकिसकेका थिए । अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारियो । तर, त्यो घर नै आफ्नो नभएको उनको तर्क छ ।
अडुकियालाई पक्राउ गर्न नसकिएपछि उनीमाथि निगरानी बढाउनुका साथै अध्यागमन विभागले विमानस्थलदेखि विभिन्न सीमा नाकाबाट बाहिरिन सक्ने आशंकासहित अध्यागमनको कालोसूचीमा राखिसकेको छ ।
राजस्व अनुसन्धान विभागको आग्रहमा अडुकियाका बाबुछोरामाथि नै यात्रा प्रतिबन्ध लगाइसकिएको छ । सेयर बजारमा कहलिएका अडुकिया आफू भारतीय नागरिक रहेको उल्लेख गर्दै आएका छन् ।
नेपाली नागरिकता लिन आफूले पहल नै नगरेको दाबी गर्ने उनले आफ्नो बाजे पुस्ता नै नेपाल छिरेको दावी गरिरहेका छन् । उनले भारतीय राहदानीको प्रयोग गर्दै यात्रा गर्ने गरेको बताउने गरेका छन् ।
कृषि पे्रमुरा होल्डिङ कम्पनी, नेपाल मेन्था प्रालि, वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी, श्रीमा डिस्ट्रिब्युटर्स र अरेटी इन्टरनेसनल जस्ता कम्पनीमा रहेका उनी हङकङमा रहेको रोयल सिल्भर हङकङ लिमिटेड कम्पनीमा पनि रहेको बताइन्छ ।
खेतान समूहको पारिवारिक सदस्यको रुपमा चिनिने अडुकिया लक्ष्मी बैंकको सञ्चालकसमेत बनेका थिए । गोर्खा विकास बैंक डुबाउनेमा अडुकियाको नाम अग्रपंक्तिमा छ ।
उनी गोर्खा विकास डुबाएर पक्राउ पनि पछि धरौटीमा रिहा भएका थिए । उनले व्यापारिक साम्राज्य खडा गर्न विभिन्न गैरकानुनी धन्दा चलाएको विभागको दाबी छ । अडुकिया पक्राउ पर्न नसक्दा सुन तस्करीको जालो कुन तहसम्म थियो भन्ने खुल्न सकेको छैन ।
अडुकिया मिडियासँग सम्पर्कमा आउने र प्रष्टीकरण दिने गरेकै कारण पनि कतिपयले राजनीतिक संरक्षणकै कारण उनी लुक्न सफल भएको दाबी छ । मिडियालाई अन्तर्वार्ता दिनेदेखि सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्ने अडुकिया कहाँ छन् ? मिडियासँग भेटिने अडुकियालाई राजस्व अनुसन्धान विभागले किन भेट्दैन ? सत्तारुढ दल माओवादी निकट मिडियामा उनले अन्तर्वार्ता दिनुले उनलाई राजनीतिक संरक्षणमै लुकाइएको आशंका गरिएको छ । उनले नेपालमै राजनीतिक संरक्षणमा भूमिगत रुपमा प्रायोजित अन्तर्वार्ता दिने गरेको स्रोतको दाबी छ ।
मिडियासँग सहजै उपलब्ध हुने अडुकियाको ट्राभल हिस्ट्री हेर्दा उनी अन्तिम पटक असार २० गते हङकङबाट दुबई हुँदै काठमाडौं आएको देखिन्छ । तस्करीको सुन समेत हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको विमानबाट आएकाले उनी त्यसको चाँजो मिलाउन त्यहाँ पुगेको आशंका गरिएको छ ।
गएको पुसपछि उनले काठमाडौं भारत र काठमाडौं, हङकङ हुँदै दुबईको शंकास्पद यात्रा थुप्रै पटक गरेका छन् । यसरी उनी अन्तिम समयमा नेपाल नै पुगेको देखिएकाले पनि उनी यहिँ लुकेर बसेको हुन सक्ने आशंका छ ।
अध्यागमनका अनुसार उनी नेपालमै छन् । खुला सीमाको फाइदा उठाउँदै उनी भारततर्फ गएको आशंका पनि उत्तिकै छ । तर, यसरी भाग्न कठिन रहेकै कारण उनी नेपालमै लुकेर बसेको आशंका छ ।
राकेश अडुकियाका बाबु शिवकुमार अडुकिया पनि नेपालको डलर तस्करीमा संलग्न चर्चित व्यक्ति थिए । नेपालको सबैभन्दा ठूलो डलर कारोवारीका रूपमा उनको नाम थियो ।
बजारभरिको डलर उनले नै संकलन गर्ने गर्दथे । भारतको राजस्थानबाट नेपाल प्रवेश गरेका शिवकुमार अडुकियाको डेढ बर्षअघि दुबईमा कान्छो छोरा मुकेश अडुकियाको घरमा निधन भएको थियो ।
हाल कान्छो छोरा मुकेश दुबईमा नै बस्छन् । उनले सिपी खेतानको बहिनीसँग बिहे गरेका हुन् ।
शिवकुमारका जेठा छोरा हुन् राकेश अडुकिया । उनले बिनोद जाजोदियाको छोरीसँग बिहे गरेका हुन् । बिनोद जाजोदिया पेट्रोल व्यापारी हुन् । राकेश अडुकिया भने मालिगाउँमा बस्ने गर्दछन् ।
उनले दरवारमार्ग नजिकै टेस्ला गाडीको नेपालको एजेन्सीसंगै कार्यालय समेत खोलेका छन् । उनीहरूले भारतको दिल्लीस्थित गुडगाउँमा पनि घर लिएका छन् ।
शिवकुमार अडुकियाले डलरको तस्करी धन्दा गरिरहेका बेला तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर जवराको सचिवालयबाट खटिएको टोलीले गाडी सहित ठूलो मात्रामा डलर बरामद गरेको थियो । पछि डलर कारोवारी भएको भन्दै प्रहरीको तत्कालीन बिशेष टोलीले अडुकियासँग ठूलो रकम लिने गरेको तथ्य पनि त्यतिबेलाका छापाहरूमा समाचार आएका थिए ।
अडुकिया कहिले होटलमा त कहिले कहाँ लुक्ने गरेको स्रोतले बताएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend