Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित


    बिहिबार, साउन १८ २०८०
    1.1K
    Shares
    sf7df8f}F, !^ ebf} . ;+3Lo ;+;b /fli6«o;efsf] laxLaf/ j;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि आजको उक्त बैठक स्थगित भएको छ। आगामी साउन २२ गते दिउँसो १ बजे बस्नेगरी राष्ट्रियसभा बैठक स्थगित भएको हो।

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद अघि बढ्न नसक्ने अडानसहित बिहीबारको बैठक पनि अवरोध गरेको हो।

    बैठकमा नेकपा एमालेका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए। ‘त्यत्ति ठूलो परिमाणमा भएको सुन तस्करीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको छ,’ उनले भने, ‘यस प्रकरणमा जोसुकै व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्छ।’

    सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकारे लदोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद अघि बढ्न नसक्ने उनले बताए। स्पष्ट पारे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार