Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ६ केजी गाँजासहित एकजना पक्राउ


    मंगलबार, असोज ६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापाको दमक नगरपालिका–२ स्थित बेलडाँगी चोकबाट सशस्त्र प्रहरीले करिब ६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका– ६ बस्ने ४५ वर्षीय बीरबहादुर राई छन् । राईलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश
    बलेडाँगीबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको हो । 

    पक्राउ परेका राईको साथबाट दुई वटा मोबाइल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार