Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न नेकपाकाे आग्रह


    मंगलबार, असोज ६ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक आयोगमा पदपूर्ति तत्काल गर्न सरकारलाई आग्रह गरेको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठका अनुसार बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।

    १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार