काठमाडौं । काठमाडौंको बौद्ध र थली एरियामा गुण्डागर्दी गर्ने पाँच जना पक्राउ परेका छन् । समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले रहेका छन् । उनीहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेको प्रहरीले जनाएको छ ।
आरोपीतहरुलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend