काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीका केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने दाबी गरेका छन्।
पुनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ पुग्न लागेको बताए।
‘अहिले जनताहरू निराश छन्। स्थापित दलहरूबाट हुँदैन। कसैले पनि गर्दैन, सबै उस्तै हुन् कि भन्ने खालको बनेको छ,’ बुधबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन्। सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर, जनताका आलोचना र सुझावहरू सुन्छौं।’
सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन, ललिता निवास प्रकरण, सुन तस्करीका घटनालाई छानबिन गर्ने र नियन्त्रण गर्ने, समयमै पाठ्यपुस्तक पुर्याउने, मल पुर्याउने, मिटरब्याजसम्बन्धी कानुन बनाउनेलगायत महत्वपूर्ण काम गरेको उनले बताए।
उनले ३ महिने सांगठनिक अभियान चलाएर केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वटा वडामा पुगेर कार्यक्रमहरू सञ्चालन गर्ने पनि बताए।
‘
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend