Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविले निर्वाचन क्षेत्रमा मोबाईल क्लिनिक र महिलाका निःशुल्क बस सेवा सुरु गरे


    बुधबार, साउन १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् ।

    आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

    बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ ।

    आज बुधवार लामिछानेले बस सेवाका साथै आफ्नाे निर्वाचन क्षेत्र लक्षित मोबाईल क्लिनिक सुरू गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार