मोरङ। जिल्ला प्रशासन कार्यालय, मोरङमा विष सेवन गरेका कटहरी गाँउपालिकाका मिटरब्याजपीडित विनित सोनारको आज मृत्यु भएको छ।
उनकाे उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए।
सोनारको उपचार नोबेल शिक्षण अस्पतालमा हुँदै आएको थियो।
साउन ७ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा मिटरब्याजसम्बन्धी छलफलमा सहभागी भएर फर्कने क्रममा करिब ३२ वर्षीय सोनारले विष सेवन गरेका थिए।
छलफल सकेर कार्यालय बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गरेपछि सोनारले विष सेवन गरेका थिए। विष सेवन गरेका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइएकाे थियो।
सोनारले डा. नितेश तिवारीसँग ७ लाख रुपैयाँ, प्रदीप भुजेलसँग २ लाख, र विनोद ढकालसँग ६ लाख रुपैयाँ लिएका थिए। भुजेल र ढकालले चेक बाउन्स भएको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। सोही जाहेरीका आधारमा सोनारलाई पक्राउ गर्न प्रहरी प्रशासन कार्यालय पुगेको थियो।
त्यसैगरी, डा. तिवारीले ७ लाखबाट एकाएक बढाएर १५ लाख रुपैयाँ माग गरेको सोनारकी श्रीमती रीता सोनारले जनाएकी छन्। रीताले डा. तिवारीविरुद्ध मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन्।
सोही विषयमा छलफलका लागि सोनार प्रशासन कार्यालय पुगेका थिए। सो क्रममा सोनारले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका हुन्।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend