Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने माओवादीको निर्णय


    बुधबार, साउन १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले लाइभ बैठक गरे झैँ नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेपछि पार्टीका नेताहरूले असन्तुष्टि जनाएका छन्। पार्टीका नेताहरूले असन्तुष्टि जनाएपछि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नहुने भएको छ ।

    सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयबाट पछि हटेको हो ।

    कार्यालय सचिव डाेरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए । उनले भने, “लाइभ गर्ने कि भन्ने मात्रै कुरा भएकाे थियाे । अब नहुने भयाे ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार