Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले आज पनि संसद्‌को अवरोध कायमै राख्ने


    मंगलबार, साउन १६ २०८०
    915
    Shares
    सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो स्थानबाट उठेर संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः प्रदीपराज वन्त/रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज मंगलबार पनि संसद्‌को अवरोध कायम राख्ने भएको छ। सरकारले आफ्नो मागलाई लिएर गम्भीरता नदेखाएको भन्दै एमालेले संसदको अवरोध जारी राख्ने निर्णय गरेको हो।

    एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार संसद् चलाउने पक्षमा नरहेको आरोप लगाए। उनले भने, ‘सरकार संसद् चलाउने पक्षमा देखिएन। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने हाम्रो अडान कायम छ।’

    १०० किलो सुन विमानस्थलबाहिर पक्राउ परेको विषयलाई लिएर एमालेले साउन १० गतेदेखि संसद अवरोध गरिरहेको छ। उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदलाई नियमित कार्यसूचीमा प्रवेश गर्न रोकेपछि सभामुख देवराज घिमिरेले १५ गतेसम्मका लागि स्थगित गरेका थिए।

    साउन १५ गतेको कार्यव्यवस्था समितिमा गतिरोध अन्त्यका विषयमा सहमति नजुटेपछि मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। यो बीचमा कुनै संवाद र प्रगति नभएको बर्तौलाले जानकारी दिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार