Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेदरल्याण्ड पठाइदिने भन्दै ४४ लाख ठग्ने एक जना पक्राउ


    सोमबार, साउन १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका १३ स्थायी घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने कपिल बर्मा रहेका छन्।

    सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ । प्रहरीले बर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार