मकवानपुर । ५ वर्षीया नाबालिगको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका एक पुरुषलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–११ बस्ने सोमबहादुर राई रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार २५ वर्षको उमेरमा हुँदा राईले नाबालिगलाई बलात्कार गरेर हत्या गरेका थिए । नाबालिगको शव हेटौँडा–१० राप्ती खोलामा ढुंगाले च्यापिएको अवस्थामा २०६० साल असोज १९ गते फेला परेको थियो ।
उक्त घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले शनिबार ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरेको थियो ।
राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend