Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश सरकारका २ मन्त्रीले दिए पदबाट राजीनामा


    सोमबार, साउन १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

    मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।

    कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

    त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ ।

    आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार