Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने


    सोमबार, साउन १५ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अब नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने तयारी गरेको छ।

    आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए।

    बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए। बैठक १७ देखि २१ गतेसम्म चल्नेछ।

    बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई जिम्मा दिइएको महासचिव गुरूङले बताए।

    प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार