Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भ्याट बिल प्रकरणमा चार कम्पनीविरूद्ध उच्च अदालतमा मुद्दा दायर


    सोमबार, असोज ५ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा विभिन्न ४ व्यापारिक फर्मविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। चितवनको सन्तोषी निर्माण सेवा प्रा.लि. र ललितपुर महानगरपालिका-१३ को स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्ससहित अन्य तीन कम्पनीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएकाे छ। 

    कर छलेको अभियोगमा सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेलसमेत तीन जनालाई ६ करोड २२ लाख ७४ हजार २२८ रुपैयाँ बिगो मागिएको विभागले जनाएको छ।

    वस्तु तथा सेवा खरीद नै नगरी सो कम्पनीले २ करोड ३ लाख १७ हजार १४५ रुपैयाँ मूल्य अभिवृद्धि कर, तीन करोड ६७ लाख २३ हजार ५३६ रुपैयाँ आयकर र लाभांश कर ५२ लाख ३३ हजार ५४७ रुपैयाँ छली गरेको विभागले जनाएको छ।

    यस्तै, ललितपुर महानगरपालिका-१३ को स्काइलाइन ट्रेडर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलकी उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रा.लि. का सञ्चालक हर्ष चौधरीविरूद्ध पाँच करोड ८ लाख ९४ हजार २१६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

    स्काइलाइन, यति र रिवाज कम्पनीले १७ लाख ८ हजार २०२ मूल्य अभिवृद्धि कर, आयकर तीन करोड २६ लाख ६४ हजार ७७ र लाभांश १२ लाख २१ हजार ९३७ रुपैयाँ छली गरेको विभागको माग दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार