Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा


    आइतबार, साउन १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दभएमा परेको रिट आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । उक्त उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो ।

    राष्ट्रपति पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

    राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

    उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार