Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता-गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु, कोशी सरकार गठनबारे छलफल


    आइतबार, साउन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) का शीर्ष नेता बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी) का नेता माधव कुमार नेपालसहितका शीर्ष नेता केहिबेर अघि प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । यसअघि शनिबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा छलफल भएको थियो ।

    आजको बैठकमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनबारे छलफल भईरहेको स्रोतले जनाएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्रीमा उद्धव थापालाई निरन्तरता दिने वा अरु कसैलाई बनाउने भन्नेबारे समेत आजको छलफलले जोड दिएको छ । आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकार गठनमा भाग दिने गरी छलफल भईरहेको छ ।

    सर्वोच्च अदालतले कोशी प्रदेशमा कांग्रेस, माओवादीसहितको गठबन्धन सरकारको नियुक्तिमा त्रुटि भएको आदेश गरेपछि शुक्रबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले भोली साउन १६ गते साँझ ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार