Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमितलाई दुर्व्यवहार गर्ने ५६ जना परे कारवाहीमा


    सोमबार, असोज ५ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने ५६ जनालाई कारवाही गरेकाे छ ।कोरोना भाइरसको संक्रमण समुदायमा समेत बढ्न थालेको अवस्थामा समाजमा अफवाह फैलाउने व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

    कोरोना संक्रमणको प्रकोप बढी रहेको अवस्थामा सकरात्मक सन्देश भन्दा नकरात्मक टिका-टिप्पणी गरी, अफवाह फैलाउने, संक्रमित र उनको परिवारलाई लक्षित गरी अमानवीय बोली, व्यवहार गर्नेलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

    उनका अनुसार समाजमा अनर्गल प्रचारबाजी गर्ने, सामाजिक सद्भाव भड्काउने, संक्रमितको परिवारमा नकरात्मक हल्ला फिजाउने, संक्रमित र संक्रमितको परिवारलाई हेलाको दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, मानसिक तनाव दिने लगायतलाई कारवाही गरिएको हो ।

    ‘त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही स्वरुप पहिलो पटक प्रति व्यक्ति ५ सयका दरले जरिवाना गरिएको छ ।’ प्रजिअ शर्माले भने ‘प्रशासनले अनावश्यक हल्ला गर्ने तथा संक्रमितका परिवारलाई मानसिक यातना दिनेहरुको खोजी गरी कारबाही गरेको छ’ ।

    पीडितहरुले प्रशासनमा उजुरी दिन थालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी काजीमान सुनारले बताए । उनका अनुसार संक्रमित व्यक्ति र परिवारका सदस्यलाई पीडा हुने खालको काम गर्ने विरुद्ध निवेदन दिन प्रशासनले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार