Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    शनिबार, साउन १३ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। आज शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

    पदाधिकारी बैठक मूलतः केन्द्रीय समिति बैठकको अजेन्डामा केन्द्रित हुने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि सुरु हुँदैछ। शनिबारको पदाधिकारी बैठकले निर्धारण गर्ने अजेन्डालाई केही दिनमै बस्ने स्थायी समिति बैठकमा पनि छलफल भएर अन्तिम रुप दिइने उपाध्यायले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार