Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वप्रकाशको आक्रोश : कोशी प्रदेश सभामुखले राजीनामा दिनुपर्छ, पदमा अब बस्न हुँदैन


    शुक्रबार, साउन १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

    सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महशुस गर्छौ भने सभामुखले महशुस गर्नुपर्दैन?’

    सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरआत्माले भन्नुपर्ने शर्मा बताउँछन् ।

    सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए । ‘अस्थिरता नहोस् भनि उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारबिहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ,’ शर्माले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार