Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १९ औं एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा


    शुक्रबार, साउन १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले यसअघि टिमबाट बाहिर रहेका विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई टिममा समावेश गर्दै १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    विनोद, अभिनाश र विवेक टिममा समावेश हुँदा हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङभने एसियाली खेलकुदको टिममा परेका छैनन ।

    यस्तो छ क्यानले छनोट गरेको एसियाली खेलकुदका लागि छनोट भइको क्रिकेट टिम

    रोहितकुमार पौडेल,(कप्तान) कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

    १९औं एसियाली खेलकुद चीनको ह्वाङ्झाओमा आगामी असोज ६ देखि २१ सम्म हुनेछ । जसमा नेपालले २९ खेलमा सहभागिता जनाउनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार