Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ परे


    शुक्रबार, साउन १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेललाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले इन्जिनियर पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

    आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको प्रहरी स्रोतले जनायो । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

    त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार