Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु


    सोमबार, असोज ५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो ।

    मृतक महिलामा कलेजो सम्बन्धी समस्या रहेको बताइएको छ। विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेशन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेशनमा भर्ना भएकी थिइन् ।

    सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन् ।

    यी महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार