Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ अतिक्रमणमा परेको भूमि निरीक्षण गर्दै सीडीओसहितको टोली


    सोमबार, असोज ५ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । चीनसँगको सीमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा संयुक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ।

    चीनले नेपाली भूभागमा एकतर्फी रुपमा भवन बनाएको बारे बुझ्न, ११ नम्बर सीमा स्तम्भ हराएको र अन्य स्तम्भको अवस्थाका बारेमा अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको नेतृत्वमा ३० सदस्यीय टोली चीनसँगको सिमाना लाप्चा क्षेत्रको सीमा स्तम्भको स्थलगत अनुगमन गर्न हिँडेको बताए।

    टोलीले हराएको ११ नम्बरको सीमा स्तम्भको खोजी र चिनियाँ पक्षसँग लाप्चा मै वार्ता गर्ने तयारी गरेको छ।यसअघि यसरी सरकारी टोलीले ताक्लाकोटमा सीमा सुरक्षाका बारेमा छलफल गरे पनि लाप्चामा गएर सीमा स्तम्भहरुको अनुगमन गरेको थिएन ।

    लाप्चाको सीमा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएकोबारे टोलीले अध्ययन गर्ने छ।

    टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी संजीव चौधरी, प्रहरी निरीक्षक सिताराम विष्ट लगायत छन्। साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार