विराटनगर। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो कदमलाई सर्वाेच्च अदालतले ‘करेक्सन’ गरिदिएको प्रतिक्रिया दिएका छन् ।
आज बिहीबार सर्वाेच्च अदालतले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गौतमको कदमलाई अवैधानिक ठहर गरिदिएपछि गौतमले आफ्नो कदमलाई सर्वोच्चले सच्याइदिएको प्रतिक्रिया दिएका हुन् ।
‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वाेच्चले त्यसलाई करेक्सन गर्यो,’ उनले भने, ‘सर्वाेच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’ उनले सर्वाेच्च अदालतको फैसललाई सम्मान गर्ने बताए ।
सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend