Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हवाई यात्रा गर्दा पीसीआर नचाहिने, स्वस्थ रहेको घोषणा गर्नुपर्ने


    सोमबार, असोज ५ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक हवाई यात्राका लागि पीसीआर परीक्षण रिपोर्ट नचाहिने भएको छ। यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा गर्नु पर्नेछ।  

    कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत ११ चैत्रदेखि बन्द भएको नियमित हवाई सेवा ६ महिनापछि पुनः सुरु भएको हो।  

    आन्तरिक हवाई सेवाका ९ वटा सेवा प्रदायक कम्पनीमध्ये आठ वटाले आजदेखि आफ्नो सेवा सुरु गरेका छन्।

    आज देशका विभिन्न भागमा यात्रु लैजान ५० ओटा उडान अनुमति पाएका छन्। नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तिमा दुई  घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार