Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतले गरे विमानस्थल भन्सार कार्यालयको निरीक्षण


    बिहिबार, साउन ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गरेका छन् । विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

    गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो ।

    यसपछि, भन्सार कार्यालयमा कार्यरत तीनजना कर्मचारीलाई निलम्बन गरिएको थियो भने राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार