Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सा प्रशासनको उदाहरणीय काम, तोक्यो प्याजको मूल्य


    सोमबार, असोज ५ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । पर्सा प्रशासनले उदाहरणीय काम गरेको छ। पर्सा प्रशासनले प्याजको कालोबजारी बढेको बेला स्थानीय व्यापारीसँग छलफल गरेर प्याज तोक्ने काम गरेको हो । 

    पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी  ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    भारतले प्याजको निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव गरी महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही गर्न थालेको छ । वीरगञ्जको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगेको गुनासोपछि अनुगमन र कारबाही थालेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गुप्ताले बताए ।

    यसका साथै व्यापारीहरुले आलुलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारबाही गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार