काठमाडौं । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र चन्दका विश्वासपात्र प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ १ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
कुख्रे खोलाको बालुवा कारोबारीसँग घुस लिइसकेपछि सिंहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गर्न सेवग्राहीबाट १ लाख घुस लिइसकेपछि उनी पक्राउ परेको र अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
बुढानीलकन्ठ प्रभागमा इन्चार्जका रुपमा दीपेन्द्र चन्द सरुवा भइसकेपछि उनले घुमुवा राखी जुवादेखि बालुवाबाट कमाउधन्दा संचालन गर्दैआएका छन् । सिंहलाई हवल्दार मेजरको रुपमा राखेका उनका बारेमा धेरै गुनासो पुगेपछि अख्तियारले निगरानी गरिरहेको थियो । बुधबार बालुवा कारोबारीसँग घुस लिइसकेकपछि उनी पक्राउ परेका छन् । इन्चार्ज चन्द समेत यो घुसकाण्डमा तानिने संभावना छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend