Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रदेश सांसद र मेयरसहित एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा


    बुधबार, साउन १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनालाईको कारबाही फुकुवा गरेको हो ।

    जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा भएको छ ।

    जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार