Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय दलको बैठकमा ओलीको कटाक्ष- सरकारले देश लुट्न खोज्दैछ, अब चुप बस्न हुँदैन


    बुधबार, साउन १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन्।

    ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव छैन। सरकारले देश लुटिरहेको छ। अब हामी चुप लागेर बस्नु हुँदैन।’

    सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै एमालेले सदनमा जवाफ माग्ने निर्णय पनि बैठकले गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार