काठमाडौँ। नास्पाती नेपालमा पाइने एक किसिमको मौसमी फल हो। यो एक समशितोष्ण पतझड फलफूल पनि हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ ।
मनसुनमा विभिन्न खालका रोग र सङ्क्रमणको खतरा बढ्ने गर्छ । त्यसैले यो मौसममा तपाईंले आफ्नो खानपिनको विशेष ख्याल राख्नुपर्छ । वर्षाको मौसममा स्वस्थ रहनका लागि तपाईं हामीले फलफूल खानुपर्छ । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ त्यसैले तौल घटाउनमा पनि सहयोग गर्छ । एक भारतीय सञ्चार माध्यमसँग डाइट्रीफिटकी पोषणविद् अबरना म्याथुवननले मनसुनमा नास्पाती खानुका फाइदाबारे जानकारी दिएकी छिन् ।
शरीरलाई विभिन्न रोगबाट टाढा राख्नका लागि प्रतिरोधी क्षमता बलियो हुनुपर्छ । वर्षाको मौसममा नास्पाती खाँदा शरीरमा प्रतिरोधी क्षमता बलियो हुन्छ । वास्तवमा, यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा यसको सेवन गर्दा विभिन्न खालका सङ्क्रमण र रोगबाट बच्न सकिन्छ ।
शरीरमा सुजनबाट राहत
वर्षाको मौसममा शरीर सुन्निने र दुख्ने समस्या हुनसक्छ । यस्तोमा नास्पाती खानु तपाईंका लागि लाभदायी हुनसक्छ । वास्तवमा यसमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीर सुन्निनबाट जोगाउँछ । यदि तपाईं मनसुनमा जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने खानामा नास्पाती समावेश गर्न सक्नुहुन्छ ।
पाचन क्रिया बलियो बनाउँछ
मनसुनको समयमा पेटका सङ्क्रमणको जोखिम धेरै बढ्ने गर्छ । पेटको समस्याबाट बच्नका लागि तपाईं नास्पातीलाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसमा भएका गुणले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । नास्पातीमा फाइबर हुन्छ जसले दिसा गर्ने प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले अपच र कब्जियतको समस्या हट्न सक्छ ।
तौल घटाउनका लागि सहयोगी
नास्पातीको सेवन तौल घटाउनका लागि लाभकारी हुनसक्छ । यसमा फाइबर भरपुरमा मात्रामा हुन्छ जसका कारण छिटो भोक लाग्दैन । त्यसैले तपाईं बढी खानबाट जोगिनुहुन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ, त्यसैले यो खाँदा तौल पनि नियन्त्रणमा रहन्छ ।
मुटुको स्वास्थ्यका लागि फाइदाजनक
नास्पाती मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्छ । यसले शरीरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्न र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । यसमा पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ । यसको नियमित सेवनले मुटुरोगको जोखिम कम गर्न मद्दत मिल्न सक्छ ।
नास्पाती कहिले खाने ?
नास्पाती स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तपाईं दिनको जुनसुकै समय पनि यो खान सक्नुहुन्छ । यद्यपि, बिहान खाली पेटमा नास्पाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । तर यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् ।
यस्तै यसले कस्तो तापक्रम रुचाउछ ?
नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।
3)समुद्र सतहबाट कति उचाईसम्मको जमीनमा यसको खेती गर्न सकिन्छ ?
नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend