Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • शशांक कोइरालाले भने- राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ


    आइतबार, साउन ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।

    आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित नहुने धारणा राखेका हुन् । उनले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने बताए । केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

    उनले भने, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्यता दिँदैछौँ ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित हुँदैन । राम्रो मान्छे चुनेर मात्रै गरौँ । कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्‍याे । सबैभन्दा महत्त्वपूर्ण जिल्ला सभापतिहरूभन्दा पनि वडाध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर फलानोलाई टिकट दिनुपर्‍याे भन्छाैँ । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने कुरा ठिक भएन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार