विराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी आज आइतबार सर्वोच्च अदालतमा पेशी चढेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा न्यायाधीश रेग्मीले एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की र आफू कक्षा ४ देखि सँगै पढेका हितैषी साथी भएकोले ‘अनइजी’ भन्दै हेर्न नमिल्ने भनेका हुन् ।
इजलासमा बहस सुन्न पुगेका पूर्वमुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले भने– ‘श्रीमान् कुमार रेग्मीज्यू र पुर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की कक्षा चारदेखि सँगै पढेको साथीहरु हुनुहुँदोरहेछ, श्रीमानले मुद्दा हेर्न मलाई असजिलो हुन्छ, वहाँ मेरो क्लासमेट हो, हितैषी हो, मलाई अनइजी भयो, हेर्न मिल्दैन भन्नुभयो।’ न्यायाधीश रेग्मी र कार्की गौरादहस्थित जनता मावि गौरादहमा पढ्दाका साथी रहेको जनाइएको छ ।
कार्कीको पक्षबाट बहसका लागि संविधानविद् डा.भिमार्जुन आचार्य, बरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, सुरेन्द्र भण्डारी, चुडामणि आचार्य तथा अधिवक्ताहरु गजेन्द्र आचार्य, बद्री बहादुर कार्की, माधव बास्कोटा, डा.कुमार आचार्य, सुजन राई लगायतले बहस गर्ने तयारी गरेका थिए । तर मुद्दा हेर्न नमिल्ने भएपछि आइतबारको सुनुवाई भोलि सोमबारका लागि सर्ने जनाइएको छ ।
कोशी सरकार गठनको दाबी पत्रमा प्रदेश सभाका सभामुख बाबुराम गौतमले प्रदेश सभा सदस्यको हैसियतले हस्ताक्षर गरेर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पेश गरेको दाबीकै आधारमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असार २१ गते उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सभामुखको हस्ताक्षरले संविधानको उल्लंघन भएको जिकिर गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend