काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हूँ भन्दै मुद्दा दर्ता गरेकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।
उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । पक्राउ परेकी उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको बताइएको छ ।