Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुन तस्करीमा पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न नौं दिन म्याद थप


    शुक्रबार, साउन ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करीमा पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न नौं दिन थुनामा राखेर अनुसन्धन गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतल पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार यस्तो अनुमति दिएको हो ।

    मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

    बिहीबार अबेरसम्म पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार