काठमाडौं । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।
लुटेराहरुको गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बिपी प्रतिष्ठान लगिएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लगेका लुटेरा फरार भएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend