Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


    आइतबार, असोज ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा गम्भीर दुर्घटना भएको छ । सो स्थानमा जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    शनिबार बेलुका साढे ८ बजे ज१च १८४६ नम्बरको बलेरो जिपले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय प्रमोद राय र २८ वर्षीय देवबहादुर खपाङ्गीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी किसाननगरले जनाएको छ ।

    सो दुर्घटनामा घाइते भएका १८ वर्षीय राजभरोष महतोको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटना पश्चात जिप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार