काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सुधारको आवश्यकता रहेको भन्दै पार्टीका आन्तरिक मतदान प्रणालीमा संशोधन समेत आवश्यक रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले यस्तो टिप्पणी गरेका हुन्।
उनले पार्टी नेतृत्व चयन गर्दा सबै सदस्यहरूलाई सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेका छन्। पार्टीका सबै तहमा नेतृत्व चयन गर्दा पूर्ण प्राइमरी इलेक्सन सुनिश्चित गर्ने व्यवस्था लागू गर्नुपर्ने बताउँदै नेता पौडेलले पार्टीको नेतृत्व चयन निर्वाचन पद्धतिबाट गरिनुपर्ने बताए।
यस्तै, नेता पौडेलले पार्टीबाट सरकारमा नेतृत्व गर्नहरूलाई दुईपटक मात्रै मौका दिने व्यवस्था गरिनुपर्ने माग गरे। उनले भने,’पार्टीबाट सरकारमा नेतृत्व गर्ने प्रधानमन्त्री,मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्रीले दुई पटकभन्दा बढि मौका नपाउने व्यवस्था कडाइका साथ लागू गरौं।’
नेता पौडेले संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गर्नुपर्ने बताए। ‘संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गरौं। प्रदेशमा दुई पटक कायम गरौं,’उनले भने,’समानुपातिकको व्यवस्था नहटेसम्म एकपटकभन्दा दोहोरिने समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था हटाऔं।’
उनले सदस्यता खोजेको व्यक्तिलाई मात्रै सदस्यता उपलब्ध गराउनुपर्ने बताए। पौडेलले राष्ट्रियसभाको सदस्य संख्या ३५ कायम गर्न माग गरे।
उनले निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नहरेको भन्दै केही संवैधानिक प्रावधानहरूलाई संशोधन गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए।
समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनेगरी प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend