Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध कायमै


    शुक्रबार, साउन ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज (शुक्रबार) पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

    ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जन हुन नसकेको हो।

    काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।

    यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।

    बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।

    बुधबारको समझदारीअनुरूप अहिले बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको फोहोर पुर्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

    ‘त्यहाँ फोहोर पुर्ने काम भइरहेको छ। स्थानीयसँग कुराकानी पनि भइरहेको छ। फोहोर विसर्जनका लागि हामीले प्रयास गरिरहेका छौं,’ श्रेष्ठले भने।

    यस्तै सहरी विकास मन्त्रालयले सम्झौताअनुरूप काम गरे फोहोर विसर्जनमा व्यवधान नहुने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईं बताउँछन्।

    सहरी विकास मन्त्रालयमा भएको छलफलअनुसार फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने काम भइरहेको बताए।

    त्यस्तै प्रभावित क्षेत्रको अध्ययनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको समूह पनि सिसडोल–बञ्चरेडाँडा क्षेत्र पुगेको छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार