Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले नेतृ झाविरुद्ध साइबर ब्युरोमा उजुरी


    मंगलबार, साउन २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले नेतृ रेखा झाले नेपाली राष्ट्रिय एकतामाथि अघात पुर्‍याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । पूर्व सांसद समेत रहेकी नेतृ झाविरुद्ध राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सोमबार साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

    नेतृ झा तत्कालीन अङ्ग्रेज (ब्रिटिसले जारी गरेको नक्सा) सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । शेयर गरिएको नक्सामा नेपाल पनि ब्रिटिस शासन अधीनको दर्साएकोले नेतृ झामाथि आवश्यक कारबाहीको माग गरिएको छ ।

    अभियानका संयोजक यादवले असार २७ मा प्रेस विज्ञप्ति जारी गरेर पनि नेतृ झामाथि कारबाही गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका थिए । तर, सम्बन्धित पक्षले चासो नदेखाएपछि उनले साइबर ब्युरोमा उजुरी नै दर्ता गराएका बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार