Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता


    सोमबार, साउन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्र मन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ।

    थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल भएको हो।

    नेपाली समकक्षीसँगको छलफलबारे भारतीय विदेश मन्त्री जयशंकरले ट्विटरमा जानकारी दिएका छन्।

    ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं,’ जयशंकरले ट्विटरमा लेखेका छन्।

    यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानी ढाकामा भेट भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार