काठमाडौं । वीर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ उपचार गराइरहेका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो । उनी मध्यपुर थिमि नगरपालिका–५ चोंडेका निवासी रहेको बताइएको छ ।
सात दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेशनमा बसेका ती वृद्धको श्वासप्रश्वासमा समस्या आएपछि तीन दिनअघि वीर अस्पताल ल्याइएको थियो ।
यससँगै मध्यपुर थिमि नगरमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।