Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्घटनाग्रस्त हेलिकोप्टरबारे अध्ययन गर्न छानबिन समिति बनाइने


    मंगलबार, असार २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

    मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको उक्त मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न समिति बनाउने बताएका हुन् ।

    आज बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको बताइएको छ ।

    मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

    उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार