Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री किराती भन्छन्- भ्रष्टाचारविरुद्धको अभियानदेखि नै समाजवादको बाटो सुरु भयो


    सोमबार, असार २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने स्पष्ट पारेका छन् ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको सुरुआत प्रधानमन्त्री प्रचण्डले सुरु गरिसकेको बताए ।

    ‘नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ,’ उनले भने, ‘आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुन्छ ।’

    मन्त्री किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउँदै नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्ने बताए ।

    नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ भन्ने कुराको अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार