काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा कायम भएको हो।
यसदिन २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४२ करोड ५ लाख ४३ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भयो। दोहोरो अंकले उकालो लागेको बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो। यस्तै सिटी होटलको सेयर मूल्य ९.५१ प्रतिशतले बढ्यो। १८ करोड ६० लाख मूल्यको सेयर कारोबार गरी हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।
शिवम् सिमेन्ट १६ करोड र सोल्टी होटल १४ करोड बढि मूल्यको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। यसदिन १६८ कम्पनीको मूल्य बढ्यो भने ५० को घट्यो। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। होटल एन्ड टुरिजम र ट्रेडिङ उपसमूहको सूचक ४ प्रतिशत बढिले बढ्यो।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend